aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

भारी वर्षाका कारण  अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहल जलमग्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ असार २०७८
Citizen life
nabil bank
भारी वर्षाका कारण  अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहल जलमग्न
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यकामा आज भारी वर्षा भएको छ । निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँमा ६९.४ मिलीमिटर वर्षा भएको छ ।

राति देशभार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम ताफक्रम २०।७ डिग्रि सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस