aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

'अटोमोबाइल्स क्षेत्रका समस्या बुँदा गत रुपमा ल्याउ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
Citizen life
nabil bank
'अटोमोबाइल्स क्षेत्रका समस्या बुँदा गत रुपमा ल्याउ'
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन आग्रह गरेका छन ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वले महानिर्देशक प्रकाश पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समस्याका बारेमा छलफल गरेको हो । 

 कोभिड १९ को कारण ठूलो समस्यामा परिरहका व्यवसायीहरुको  सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको भन्नु हुदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका छन ।

 उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराए । त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयात र एक्जीम कोडको नविकरण ५ बर्षसम्म हुन पर्ने धारणा राखेका थिए ।  नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था बनाउन  आग्रह गरेका थिए । त्यसैगरी सो छलफलमा विभागका प्रवक्ता शिवराज सेढाई, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।                                                                        
 

प्रतिक्रिया दिनुहोस