मौद्रिक नीतिः कर तिर्ने र ब्याज भुक्तानीको समयलाई फरक हुनपर्यो - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

मौद्रिक नीतिः कर तिर्ने र ब्याज भुक्तानीको समयलाई फरक हुनपर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
Sunrise bank
मौद्रिक नीतिः कर तिर्ने र ब्याज भुक्तानीको समयलाई फरक हुनपर्यो
LBEF
NCH-IPS

काठमाडौं । नेपाल उद्योग परिसङ्घले आर्थिक वर्ष २०७६÷७७को  मौद्रिक नीतिमा आफ्नो सुझाव दिदै कर तिर्ने र ऋणको व्याज बुझाउने समय फरक पार्न  माग गरेको छ ।  परिसङ्घले शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष प्रस्तुत गर्दै  तरलता समस्याको समाधान तथा वर्षैभरी अनुमानयोग्य ब्याजदर कायम गर्ने तथा तरलता व्यवस्थापनका निम्ति कर तिर्ने र ब्याज भुक्तानीको समयलाई फरक गरिनुमा जोड दिएको हो ।

परिसंघले मौद्रिक नीतिमा पुनः कर्जाको १०० अर्ब पुर्याउन माग गरेको छ ।   वैदेशिक ऋण तथा पूर्वाधार विकासका आयोजनाका लागि उदार नीति अख्तियार गर्दै भुक्तानी सन्तुलनसँगै व्यापार सन्तुलनलाई दृष्टिगत गरी मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने सुझाव दिएको हो । 

 परिसङ्घले पुनः कर्जा कोष बढाई १०० अर्ब पु¥याउन र निर्यातजन्य उद्योगका लागि त्यस्तो कोषको कम्तिमा ३० प्रतिशत रकम छुट्याउन पनि सुझाएको दिएको छ ।

प्रतिक्रिया दिनुहोस