aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

सुन्दर अटोले विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २२ असार २०७८
Citizen life
nabil bank
सुन्दर अटोले विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो ।

कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार एसेम्बल प्लान्टमा सिचुवानको ४७ प्रतिशत, सेकको ४६ प्रतिशत र सुन्दरको ७ प्रतिशत लगानी रहनेछ ।

सुन्दरले २०७६ को मङ्सिरमै एक कार्यक्रमका बीच यी दुईओटा कम्पनीसँग एसेम्बल प्लान्ट स्थापनाका लागि सम्झौता भएको बताएको थियो । त्यसैअनुसार अघिल्लो वर्ष वैशाखदेखि प्लान्ट स्थापनाको तयारी गर्ने बताए पनि निषेधाज्ञाका कारण काम अघि बढ्न नसकेको कम्पनीका अध्यक्ष थापाले बताए ।

एनका अनुसार एसेम्बल प्लान्ट स्थापनाका लागि शुरूमा रू। ३ अर्ब ६० करोड लगानी गरिँदै छ । त्यसपछि क्रमशः लगानी थप्दै जाने तयारी छ । पहिलो वर्ष १ सय, दोस्रो वर्ष ३ सय सवारीसाधन एसेम्बल गरेर तेस्रो वर्ष वार्षिक १ हजारओटा सवारीसाधन एसेम्बल गर्ने तयारी गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस