aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

पाँचौं चेम्बर एक्स्पो २०२० फागुन १३ देखि, २५० भन्दा बढी प्रदर्शनी कक्ष हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
Sunrise bank
पाँचौं चेम्बर एक्स्पो २०२० फागुन १३ देखि, २५० भन्दा बढी प्रदर्शनी कक्ष हुने
NIBL-Capital-inside
LBEF

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको चार्औं पटक सफलता पटक सफलतापूर्वक सम्पन्न गरि आगामी आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदे मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको चेम्बरले लिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले दावी गरे । ″झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।” श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।

″निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । पछिल्ला चार पटकसम्मको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।” चेम्बर अफ कमर्शका मेला समिति संयोजक राष्ट्र भूषण चाकुबजीले भने ।  

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

″यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् । मेला को व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ ।” मेलाको व्यवस्थापक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए ।

मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने आयोजकको दावी छ । नेपाल लगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार,कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरु मा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।
 

प्रतिक्रिया दिनुहोस