प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूरक्षित गर्ने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
Sunrise bank
प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूरक्षित गर्ने आज अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको ८४ प्रतिशत बोनस शेयर सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको २५औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा ८४ प्रतिशत बोनस शेयर वितरण गर्ने र निर्जीवन व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संचालकलाई प्रदान गर्ने रहेको छ । ८४ प्रतिशत बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीले व्यहोर्नु पर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार २० गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ । उक्त बोनस शेयर असार १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस