अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
Sunrise bank
अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ
LBEF
NCH-IPS

 कैलाली। कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पुर्याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । 

मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र व्यापारी दिनेश विष्ट पनि छन् ।

नगरसभामा अवरोध गरेको आरोपमा नगरपालिकाको कार्यालयले अध्यक्ष देवकोटासहित सचिव शङ्कर खड्का, सदस्य साउद, रवीन्द्र खनाल, व्यापारीहरु राजेन्द्र बोगटी, केशव न्यौन्याल, विष्ट र मोहन पाठकविरुद्ध मुद्दा दर्ता गरेको थियो । गोदावरी नगरपालिकाको नगरसभामा व्यापारीले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस