aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

सुटकेशमा राखेको तीन लाख नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
सुटकेशमा राखेको तीन लाख नगद चोरी
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख रुपैयाँ नगद आज चोरी भएको प्रहरीले जनाएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ । 

यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।  
 

प्रतिक्रिया दिनुहोस