aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
everest bank

आजदेखि टीएमएसमा भएको एनओएन सुविधा प्रयोग गर्न नमिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
आजदेखि टीएमएसमा भएको एनओएन सुविधा प्रयोग गर्न नमिल्ने
LBEF

काठमाडौं । शेयर कारोबार प्रणाली (टीएमएस) मा भएको अल अर नन (एओएन) सुविधा आजदेखि प्रयोग गर्न नमिल्ने भएको छ । शेयर खरिद र विक्री गर्दा आफुले विक्री वा खरिद गर्न चाहेका सम्पूर्ण कित्ता एकै पटक कारोबार गर्न मिल्ने उक्त व्यवस्थालाई नेप्सेले आजदेखि प्रयोग विहीन बनाएको हो । 

नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले बोर्डको निर्देशनमा आइतवारदेखि खरिद आदेशमा भएको एओएन सुविधालाई मात्र प्रयोग गर्न नमिल्ने बनाएको जानकारी दिए । उनले विक्री आदेश तर्फको एओएन सुविधा कायमै राखी खरिद आदेशमा रहेको उक्त सुविधालाई भने प्रयोग गर्न नमिल्ने बनाईएको जानकारी दिएका हुन । 

बिहीवार नेपाल धितोपत्र बोर्डले कारोबारमा कृत्रिम माग सिर्जन भएको भन्दै उक्त सुविधा प्रयोग गर्न नमिल्ने बनाउन निर्देशन दिएको प्रबक्ता पराजुलीको भनाई छ । 

हाललाई अर्को सुचना जारी नभएसम्मका लागि प्रयोग गर्न नमिल्ने बनाईएको हो टिएमएसबाटै हटाईएको भने हैन उनले भने । पछिल्लो समय कृत्रिम माग सिर्जन गरी कारोबारमा चलखेल भएको गुनासो प्राप्त भएकाले बजारमा स्वच्छ कारोबारका लागि उक्त सुविधा हटाउन निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानको भनाई छ । 

नेप्सेले विकास गरेको टिएमएसमा खरिद वा विक्री आदेश प्रविष्टि गर्दा एओएन सुविधा प्रयोग गरेमा सबै कित्ता शेयर कारोबार हुन्छ । आदेश दिएकोभन्दा कम शेयर कारोबार हुदैन । अब भने आफ्नो खरिद आदेश भन्दा कम विक्री आदेश हुदाँ पनि कारोबार गर्न सकिने व्यवस्था भएको हो । यो व्यवस्थाले कृत्रिम माग सृजना गरी मूल्यमा चलखेल हुने अवस्था नआउँने विश्वास बोर्डको छ ।
 

प्रतिक्रिया दिनुहोस