aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

एचआईडिसीएलको शेयर खरिद चाप सबैभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
एचआईडिसीएलको शेयर खरिद चाप सबैभन्दा बढी
LBEF

काठमाडौं । मूल्य समायोजन भएपछिको पहिलो कारोबार दिन आइतवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शेयर खरिद चाप सबैभन्दा बढी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको थियो । कम्पनीको बिहीवार कायम अन्तिम मूल्य रू. ५८८ को आधारमा मूल्य समायोजन गरी हकप्रद पछिको मूल्य रू. ३४३ तोकेको थियो । 

आइतवार रू. ३४३ देखि खुला भएको मूल्य कारोबारको दोस्रो घण्टासम्म ९ दशमलव ९१ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको छ । यस अवधिसम्म २३ लाख ६६ हजार ३३८ कित्ता शेयर खरिद माग रहेकोमा विक्री कर्ता भने देखिएका छैनन् । कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । निष्कासन मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको हो । बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको हो ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस