aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
everest bank

सिईडिबि हाइड्रोपावरको शेयरमूल्य तेस्रो कारोबार दिन पनि उच्च दरमा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
सिईडिबि हाइड्रोपावरको शेयरमूल्य तेस्रो कारोबार दिन पनि उच्च दरमा बढ्यो
LBEF

काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य निरन्तर उच्च दरमा बढीरहेको छ । पहिलो दिनदेखिनै उच्च दरमा मूल्य बढीरहेको कम्पनीको तेस्रो कारोबार दिन पनि ९ दशमलव ९६ प्रतिशतले बढेको छ । कारोबारको डेड घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५० ले बढेर अन्तिम मूल्य रू. ५५२ पुगेको हो । 

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. ४१६ मा खुला भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । कम्पनीले सर्वसाधारणमा बैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो । 

यस कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । 

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस