aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने वढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
Nabil Bank
कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने वढी
LBEF

डडेल्धुरा । जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।  पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले  जानकारी दिए । 

जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा  गरी १७८ जना सक्रिय  सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एकजना मात्रै  सङ्क्रमित पुष्टि भएको उनले बताए ।  

सङ्क्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै  स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन् । सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने  निको भएकाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस