aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ जेठ २०७८
Nabil Bank
बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित
LBEF

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । विहीबार प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार छलफल भएपछि पारित भएको हो । 

उक्त नीति तथा कार्यक्रममा विपक्ष सांसदहरुले पेश गरेको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसदमा पेश गरेको थिए ।

 सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस