aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ जेठ २०७८
Nabil Bank
एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग
LBEF

काठमाडौं । नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।  कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रकम सहयोग गरेको हो ।

बैंकका क्षेत्रीय प्रबन्धक पूणर् बहादुर श्रेष्ठले दिनु भई नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । 

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य  नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख  कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कणर् लाभ, एभरेष्ट बैंक लि., विराटनगरका शाखा प्रबन्धक साजन के.सी र क्षेत्रीय कार्यालयका  रमेश भण्डारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस