aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

निषेधाज्ञा लम्बिँदा स्थिति भयावह हुँदै गयो विकल्प खोजौ : नाडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ जेठ २०७८
Nabil Bank
निषेधाज्ञा लम्बिँदा स्थिति भयावह हुँदै गयो विकल्प खोजौ : नाडा
LBEF

काठमाडौं । सरकारबाट कोभिड १९ को दोश्रो लहरको संक्रमण रोकथामका लागि हाल जारी निषेधाज्ञा लम्बिदै जाँदा समस्या विराल हुँद गएको नाडाले जनाएको छ ।  सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य शुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न माग गरेको छ । 

थपिदो लकडाउन अवधीका कारण अव जनता स्वयं नै आफनो दुख्ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको नाडाको भनाइ  छ ।  यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित रहेको समेत बताएको छ ।

यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान सरकारसंग नाडाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस