aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

वाई वाइ ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
Nabil Bank
वाई वाइ ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला
LBEF

काठमाडौं । ग्लोकल टीन हिरो नेपाल, २०२१ सातौं संस्करणकालागि आवेदन  खुलेको  घोषणा गरिएको छ ।  गत बर्षझै यस बर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सबका  लागि आवेदन खुला भएको हो । 

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकलको एक कार्यक्रम हो । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्ने आयोजकले बताएको छ । 

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । 

हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको आयोजकले दावी गरको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंकाबाट एकएक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य समेत लिएको आयोजकले जनाएको छ । 

सेप्टेम्बर १ मा  ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ ।  ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://nepal.glocalteenhero.com र    मार्फत निशुल्क आबेदन भर्न सक्ने छन । 

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ ।

अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा  युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, र  ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष र  सौरभ ज्योति रहने छन ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन । ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, पहल साझेदारको रूपमा द् सोल्टी होटेल, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम छन  । 

त्यस्तै,  डब्ल्यूडब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पी आर पार्ट्नरमा भी–चित्र, टेलिभिजन पार्ट्नरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स र भ्यू योर चोइस रहेका छन ।

प्रतिक्रिया दिनुहोस