aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

हिमाल दोलखाको आईपीओ असार २५ देखि खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
Sunrise bank
हिमाल दोलखाको आईपीओ असार २५ देखि खुल्ने
NIBL-Capital-inside
LBEF

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले असार २५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । 

यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको शेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
 
हिमाल दोलखाको आईपीओ निष्काशन खुला छिटोमा असार २९ गतेसम्म र ढिलामा साउन २४ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
यस कम्पनीले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन् ।
 
माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ ।


 
हिमाल दोलखाको आइपीओमा स्थानीयको चासो अत्यन्तै न्यून देखिएको छ । यस कम्पनीले जेठ १४ देखि असार १३ गतेसम्म स्थानीयलाई कुल १६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । तर स्थानीयलाई १ लाख २७ हजार ७९० कित्ता शेयर मात्र बाँडफाँट भएको छ । यसआधारमा स्थानीयलाई जारी गरेको १४ लाख ७२ हजार २१० कित्ता शेयर बिक्री भएको छैन् । बिक्री नभएको उक्त शेयर अहिले सर्वसाधारणलाई थप गरी जारी गर्न लागिएको छ । 

प्रतिक्रिया दिनुहोस