aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

शतप्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन एचआईडिसीएलको सर्वाधिक रकमको शेयर कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
Nabil Bank
शतप्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन एचआईडिसीएलको सर्वाधिक रकमको शेयर कारोबार
LBEF

काठमाडौं । शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको रू. ९९ करोड ६५ लाख ६० हजार बराबरको शेयर कारोबार भएको हो । 

सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ७२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५८६ कायम भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका हुन । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । निष्कासन मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् । 

गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो ।

बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस