aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

करेन्ट लागेर राजावासका ५४ वर्षीय पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
Nabil Bank
करेन्ट लागेर राजावासका ५४ वर्षीय पुरुषको मृत्यु
LBEF

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ राजावासमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी वेद प्रसाद गौतमका अनुसार राजावासका जगदिश पोखरेलको करेन्ट लागेर बिहिबार बिहान मृत्यु भएको हो । 

प्रहरीका अनुसार पोखरेलले बुधबार बेलुकी मकै बारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाई पासो थापेका थिए । उक्त पासो निकाल्ने क्रममा बिहिबार बिहान घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्तपाल गाइघाटमा मृत्यु भएको हो ।  

प्रतिक्रिया दिनुहोस