aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

रैराङ हाइड्रोपावरको संस्थापक शेयर कारोबारयोग्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
Nabil Bank
रैराङ हाइड्रोपावरको संस्थापक शेयर कारोबारयोग्य
LBEF

काठमाडौं । रैराङ हाइड्रोपावरको संस्थापक शेयर जेठ २६ गतेदेखि कारोबारयोग्य भएको छ । कम्पनीको संस्थापक शेयर कारोबारका लागि बन्देज भएको बाँडफाँटको मितिले तीन वर्ष पुरा भएकाले कारोबार गर्न सकिने जानकारी कम्पनीले गराएको हो । 

कम्पनीको धितोपत्र दोस्रो बजारमा रू. ५६ करोड बराबरको ५६ लाख कित्ता शेयर सूचीकृत रहेको छ । अब यी सबै शेयर कारोबार योग्य भएको हो । कम्पनीको संस्थापक तर्फ ७५ प्रतिशत अर्थात रू. ४२ करोड बराबरको स्वामित्व रहेको छ । त्यस्तै उद्योग प्रभावित क्षेत्रका स्थानिहरुमा १० प्रतिशत सहित कर्मचारी सहित सर्वसाधारण शेयरधनीहरुको १५ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

कम्पनीले सर्वसाधारणमा २०७५ साल जेठ ९ गते आईपीओ बाँडफाँट गरेको थियो । तीन वर्षअघि सर्वसाधारणमा आईपीओ विक्री गरेको कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन् । चालू आर्थिक वर्षको तस्रो त्रैमाससम्म कम्पनीले रू. ३ करोड ८५ लाख २१ हजार खुद नाफा गरेको छ । 

दुई जलविद्युत आयोजनबाट विद्युत उत्पादन गरिरहेको कम्पनीले यस वर्ष खुद नाफा गत वर्षभन्दा बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६९ लाख ४ हजार यो नाफा गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव शून्य ३ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव शून्य ८ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस