aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

अमेरिकी धनाढ्यहरूको आयकर विवरण सार्वजनिक, कसले कति तिर्छन्?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ जेठ २०७८
Nabil Bank
अमेरिकी धनाढ्यहरूको आयकर विवरण सार्वजनिक, कसले कति तिर्छन्?
LBEF

एउटा समाचार साइटले अमेरिकी खर्बपतिहरूको कति कर तिर्छन् भन्ने दस्ताबेजको विवरण फेला पारेको दाबी गरेको छ।प्रोपब्लिकाले जेफ बेजोस, इलोन मस्क र वारेन बफेटसहित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको कर चुक्ता दस्ताबेज देखेको बताएको छ।

वेबसाइटका अनुसार बेजोसले सन् २००७ र २०११ मा एक पैसा पनि कर तिरेनन् भने टेस्लाका मस्कले सन् २०१८ मा कुनै कर तिरेनन्।ह्वाइट हाउसका एक प्रवक्ताले दस्ताबेज बाहिरिनुलाई गैरकानुनी भनेका छन् भने एफबीआई र कर निकायले अनुसन्धान सुरु गरेका छन्।

प्रोपब्लिकाले खर्बपतिहरूको करसम्बन्धी ठूलो तथ्याङ्क विश्लेषण गर्दै गरेको र यसबारे थप विवरण आगामी साताहरूमा प्रकाशित गर्ने बताएको छ।बीबीसीले ती दाबीहरू पुष्टि गर्न सकेको छैन।

प्रोपब्लिकाको समाचार अमेरिकामा धनीहरूले तिर्ने करको बारेमा भइरहेको वादविवादका बीच आएको हो।प्रोपब्लिकाका अनुसार अमेरिकाका सबैभन्दा धनी २५ जनाले तिर्ने औसत १५.८ प्रतिशत कुल आयकर धेरै अमेरिकी मूलधार कामदारले तिर्ने करको औसत प्रतिशतभन्दा कम छ।

वेबसाइटका अनुसार गएका केही वर्षमा सम्पत्तिमा उल्लेख्य वृद्धि भए पनि “कानुनी रणनीतिहरू प्रयोग गरेर धेरै धनाढ्यहरूले आयकरबापत शून्य वा सो बराबर खुम्चाउन सकेका छन्।“उनीहरूले अन्य नागरिकले जस्तै चन्दा दिएर र तलबबाट भन्दा पनि लगानीबाट पैसा कमाएको देखाएर आफ्नो आयकर कम गर्न सकेका हुन्।

कति कमाए, कति तिरे?

प्रोपब्लिकाले फोर्ब्स पत्रिकाको तथ्याङ्क प्रयोग गरेर सन् २०१४ देखि सन् २०१८ मा अमेरिकाका धनाढ्य २५ व्यक्तिको कुल सम्पत्तिमा चार खर्ब डलर वृद्धि भएको भए पनि उनीहरूले जम्मा साढे १३ अर्ब डलर आयकर तिरेको बताएको छ।

राष्ट्रपति जो बाइडनले समानता बढाउन र आफ्नो विशाल पूर्वाधार विकासको योजनाका लागि पैसा उठाउन धनी अमेरिकीहरूको करको दायरा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनले करको उच्च दर वृद्धि गर्ने, लगानीबाट हुने आम्दानीको कर दोबर गर्न र पैतृक सम्पतिको कर फेर्ने बताएका छन्।तर प्रोपब्लिकाले यी परिवर्तन गर्दा पनि केही बाहेक धेरै धनाढ्यले तिर्ने करमा खासै परिवर्तन नहुने बताएको छ।

प्रतिक्रिया कस्तो?
प्रोपब्लिकाले अर्का खर्बपति जर्ज सोरसले पनि कमै कर तिर्ने बताएको छ। उनको कार्यालयले बीबीसीलाई प्रतिक्रिया नदिए पनि एक विज्ञप्ति जारी गरी केही वर्ष लगानीमा घाटा भएका कारण सोरसले कर तिर्नु नपरेको बताएको छ।सो विज्ञप्तिमा उनले लामो समयदेखि अमेरिकाका धनी व्यक्तिहरूलाई उच्च कर हुनुपर्ने कुराको समर्थन गरेको पनि बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार न्यूयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले सो खुलासाले व्यक्तिगत गोपनीयताको प्रश्न उठाएको र कानुनी बाटोबाट सो समाचारको स्रोत खोज्न प्रयास गर्ने बताएका छन्।

प्रोपब्लिकाले अमेरिकी कर निकायलाई दिइएको कम बजेटका कारण कर नियमहरू कडाइका साथ पालना गराउने कार्यालयको क्षमतामा कमी आएको समाचारहरू प्रकाशित गरेको थियो। सोही समाचारको प्रतिक्रियास्वरूप ती दस्ताबेज प्राप्त भएको जनाएको छ।बीबीसीबाट 

 

प्रतिक्रिया दिनुहोस