aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

इजरायलले १२–१६ वर्ष उमेरका बालबालिकालाई खोप दिन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ जेठ २०७८
Nabil Bank
इजरायलले १२–१६ वर्ष उमेरका बालबालिकालाई खोप दिन शुरु
LBEF

जेरुसेलम । इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन शुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । 

इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो । 

इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो । सिह्वा

प्रतिक्रिया दिनुहोस