aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

सातामा करिब ६८ अर्बको शेयर कारोबार, नेप्से परिसूचक ४१.३७ अंक बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ जेठ २०७८
Nabil Bank
सातामा करिब ६८ अर्बको शेयर कारोबार, नेप्से परिसूचक ४१.३७ अंक बढ्यो
LBEF

काठमाडौं । यो साता शेयर बजारमा रू. ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ । गत साताको भन्दा यो साता कारोबार रकम रू. १७ अर्ब २ करोड २० लाख ३४ हजार बढी शेयर कारोबार भएको हो । गत साता चार कारोबार दिनमा रू. ५० अर्ब ७७ करोड २५ लाख ७ हजार बराबरको शेयर कारोबार भएको थियो ।

गत साताभन्दा यो साता शेयर कारोबार कित्ता पनि बढेको छ । गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड ६ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता ३ करोड ३० लाख २९ हजार २५७ कित्ता बढी शेयर कारोबार भएको हो । 

यो साता पाँच कारोबार दिनमा तीन दिन नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको कारोबार रकमको हिस्सा ओगटेको थियो । पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ । 

यो साता कम्पनीको मूल्यमा पनि बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३५ ले बृद्धि भएको हो ।

यो साता पनि नेपालको शेयरबजारले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८१५ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो । सातामा नेप्से परिसूचक ४१ दशमलव ३७ अंक माथि उक्लिएको हो । 

साताको पहिलो दिन १२ दशमलव ५४ अंकले बढेको बजार दोस्रो दिन ४५ दशमलव २५ र तेस्रो दिन ११ दशमलव ६८ अंकले घटेको थियो । दुई दिनको निरन्तर करेक्सन पछि चौंथो दिन ५५ दशमलव ७६ अंक र पाँचौ दिन २९ दशमलव ६४ अंकले नेप्से परिसूचक बढेको हो । यो साता ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा ९ दशमलव ४१ प्रतिशत माथी पुगेको छ । गत साता ५०३ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१३ दशमलव ११ विन्दुमा पुगेको हो ।

बजारले उच्च विन्दु कायम गर्दा कुल बजार पूँजीकरण रू. ३९ खर्ब ६४ अर्ब २१ करोड २० लाख १५ हजार पुगेको हो । कुल बजार पूँजीकरण गत साताभन्दा यो साता रू. ५७ अर्ब ४४ करोड ४० लाख ११ हजारले यो साता बृद्धि भएको हो । गत साता यो रकम रू. ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार थियो ।

यो साता वित्त समूहको परिसूचक सबैभन्दा बढी ११ दशमलव ९८ प्रतिशतलले बृद्धि भएको छ । गत साता १ हजार ७३४ दशमलव ७४ विन्दुमा रहेको वित्त समूहको परिसूचक यो साता १ हजार ९४२ दशमलव ५१ विन्दुमा पुगेको हो । 


 

प्रतिक्रिया दिनुहोस