‘डाइटरी सप्लीमेन्ट फुड’ उत्पादन गर्ने कम्पनी दर्ता यसरी गर्नुस् - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

‘डाइटरी सप्लीमेन्ट फुड’ उत्पादन गर्ने कम्पनी दर्ता यसरी गर्नुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
Sunrise bank
‘डाइटरी सप्लीमेन्ट फुड’ उत्पादन गर्ने कम्पनी दर्ता यसरी गर्नुस्
LBEF
NCH-IPS

काठमाडौं । डाइटरी सप्लीमेन्ट खाद्य पदार्थको उत्पादन दर्तामा नयाँ आर्थिक बर्ष देखि कडाई गर्ने भएको छ । खाद्य पदार्थ उत्पादन तथा आयात गर्नु पूर्व आहारपुरक खाद्य पदार्थ शाखाका अनुसन्धान विभागले तोकिएको ढाँचामा उत्पादन दर्ता प्रमाणपत्र जारी गर्नुे पर्ने छ । 

उत्पादन दर्ता गर्न तोकिएको ढाचाँमा निवेदन साथ नियमावलीको नियम २८ मा अनुज्ञापत्र जारी दस्तुर बमोजिम उत्पादन दर्ता लाग्ने लाग्ने व्यवस्था पनि गरेको छ ।

उत्पादन दर्ता नविकरण नियमावलीको नियम ३१ अनुज्ञापत्र वहाल रहने अवधि र नवीकरण बमोजिम विवरण खुलेको कागजात संलग्न गराए उत्पादन दर्ता गर्न सजिलो हुने आहारपुरक खाद्य पदार्थ शाखाका अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए । उनले भने स्वदेशी उत्पादनको हकमा भने उतपादन दस्तुर नलाग्ने बताए । 

डाइटरी सप्लीमेन्ट खाद्य पदार्थको उत्पादन दर्ताका लागि
 

  • क. उत्पादन उद्योग, सो देशको खाद्य स्वच्छता नियमन गर्ने निकायबाट त्यस्ता उत्पादनहरु उत्पादन तथा उद्योग सञ्चालन गर्ने अनुमति पत्र प्राप्त ।
  • ख.उत्पादनको फर्मुलेसन र सोको आवश्यक वैज्ञानिक आधार ।
  • ग. प्रयोग गरिएका एक्टिभ इन्ग्रेडिएन्ट्स र सो को बिश्लेषण विधि ।
  • घ. उत्पादन बिधि र सोको फ्लोचार्ट
  • ङ. उत्पादनको गुणस्तर तथा स्वच्छता मापदण्ड जस्तैः उद्योगको स्तर हेरेर 
  • च. उत्पादनको प्याकेट डिजाइन तथा प्रयोग गरिएको लेबल 
  • छ. उक्त उद्योगले उत्पादन प्रकृयामा असल उत्पादन अभ्यास लागु गरेको,
  • ज. उत्पादक देशको खाद्य स्वच्छता नियामक निकायबाट मान्यता प्राप्त  योगशाला वा एक्रिडिटेड प्रयोग शालामा परिक्षण गरी लेवलमा दावी गरिएका   पोषक तत्वहरु तथा स्वच्छता मापदण्ड विश्लेषण भएको । 
  • झ. सम्बन्धित देशमा बिक्री वितरणका लागि कुनै बन्देज नभएको 
  • ञ. नेपालमा बिक्री वितरणका लागि तोकिएको आधिकारिक बिक्रेता वा   आयातकर्ता 
  • ट. यसका अलवा आवश्यकता अनुसार माग गरिएका कागजातहरु सोत आवश्यक पर्ने भएको छ । 

कस्ता मानिसलाई आवश्यक छ डाइटरी सप्लीमेन्ट 
डाइटरी सप्लीमेन्टले साधारणतया मानिसको खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागि प्रयोग हुने खाद्य पदार्थ रहेको छ ।

यस खाद्यले कावोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्री एसिड, भिटामिन खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन एमिनो एसिड वा इन्जाइम अन्य पोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य स्वास्थ्यवद्र्धक लाभदायक पदार्थहरु वा मानव शरिरमा क्रियात्मक भुमिका हुने फाइदाजनक पदार्थहरु सम्मिलित गरी स्वरुप परिर्वतन गरिएका पाउडर गे्रनुल, ट्याब्लेट, क्याप्सुल झोल, जेली फ्लेक्स, बार जस्ता स्वरुपका भएका र मुखबाट मात्र सेवन गर्न सकिन्छ । 

यो विशेष गरी कम तौल भएका, मोटोपन घटाउन, मधुमेह, उच्च रक्तचाप आदि जस्ता निश्चित किसिमका शारिरीक अवस्था वा गहुँमा हुने ग्लुटिन पचाउन नसक्ने जस्ता विशेष किसिमले प्रशोधन वा समिश्रण गरिएका अन्यत्र केहि उल्लेख गरिएको अवस्थामा बाहेक चिकित्सक वा विशेषज्ञको सल्लाह विना पनि सेवन गर्न सकिने खाद्य पदार्थ सामान्य  स्वास्थ्य वा पोषण अवस्था सुधार गरिने पोष्टिक तत्व रहेको छ । 

प्रतिक्रिया दिनुहोस