aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

'आन्तरिक उत्पादनमध्येबाट ४०  प्रतिशत कर तिर्ने उद्योगमाथि राज्यको अन्याय'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
Nabil Bank
'आन्तरिक उत्पादनमध्येबाट ४०  प्रतिशत कर तिर्ने उद्योगमाथि राज्यको अन्याय'
LBEF

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमा मदिराजन्य उद्योगको अन्तशुल्कमा भारी वृद्धि गरेको प्रति व्यवसायीले विरोध गरेका छन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विलासीताको वस्तु भन्दै प्रतिलिटर २६७ रुपैयाँसम्म अन्तशुल्क वृद्धि गरिएका छन् । 

महामारीका बेलामा सबै जसो उद्योगहरुमा एकै प्रकारको समस्या परेको छ तर, सरकारले मदिरा जन्य उद्योगमाथि मात्रै सौतेनि व्यवहार गरेकोमा सूर्य नेपालका उपाध्यक्ष रवि केसी आरोप लगाउछन् । उनले भने, ‘सबै उद्योग नै हुन सबैमा लगानी, रोजगारी र ऋण हुन्छ । कर सबैले तिरेका हुन्छन तर, राज्यले हाम्रा उद्योगबाट सबैभन्दा बढी कर पनि लिने र यो विषम परिस्थितमा हामीलाई मात्रै अन्याय गर्न मिल्छ ?’

बजेटमार्फत सरकारले अत्याधिक अन्तःशुल्क बढाएर स्वदेशी मदिरा व्यवसाय धरासायी बनाउन खोजेको भन्दै उनले अब विदेशी मदिरा अवैधरुपमा आएर बिक्री हुने र नेपाली मदिरा उद्योग भने धरासयी हुँदै जाने चिन्ता व्यख्त गरे । मदिरा उद्योगबाट उत्पादन भएको बस्तुमा ६० प्रतिशतसम्म राज्यको स्वामित्व रहेको हुन्छ बाँकी ४० प्रतिशतबाट व्यापारीले कच्चा पदार्थ, कर्मचारी, ऋण र व्यापार प्रवद्र्धन गर्न पर्छ, उनले भने । 

अब नेपालमा मदिरा जन्य उद्योगले न बैंकको ऋण तिर्न सक्छन् न उद्योग नै बचाउन सक्छन् र बजारमा अवैध मदिरा छ्यापछ्याप्ती हुने उनले दावी गरे । सरकारले मदिरा बस्तु विलासीताको बस्तु भन्यो यसबाट ३५ प्रतिशत कर त लिइरहेकै छ साथमा यसबाट राज्यलाई पनि ठूलो नोक्सान नै छ । आन्तरिक उत्पादनमध्ये मदिराजन्य उद्योगहरुबाट मात्रै राज्यले कुल राजस्वको ४०प्रतिशत उठाउने गरेको उनले बताए । 

यो विषम परिस्थितिमा मदिरा जन्य उद्योगको उत्पादन र खपत शुन्य छ यस्तो बेलामा कर्मचारी र बैंकको ब्याज कसले कसरी तिर्छ उनले राज्यलाई प्रश्न गरेका छन् । यस पटक पनि अर्थमन्त्रीले १ लिटरमै २६७ रुपैयाँसम्म अन्तःशुल्क बढाएका छन् । अर्थमन्त्रीले बजेट मार्फत वाइनमा प्रतिलिटर ७४ रुपैयाँले अन्तः शुल्क बढाएका छन् । यसअघि वाइनको ३७० रुपैयाँ रहेको अन्तःशुल्क आर्थिक वर्ष २०७८/७९ को बजेटले ७४ रुपैयाँ बढाएर ४४४ रुपैयाँ पु¥याएको छ । 

त्यस्तै, अल्कोहलरहित बियर ३ रुपैयाँले बढेको छ जसमा यसअघि प्रतिलिटर १७ रुपैयाँ रहेको अन्तःशुल्क ३ रुपैयाँ बढाएर २० रुपैयाँ पु¥याइएको छ । त्यस्तै इनर्जी ड्र्रिक्समा पनि प्रतिलिटर ६ रुपैयाँले अन्त शुल्क बढेको छ । 

जेठ १५ गते शनिवार अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटले वाइन (१७ प्रतिशतभन्दा बढी अल्कोहल भएको) मा प्रतिलिटर ८६ रुपैयाँले अन्तःशुल्क बढाएको छ । यसअघि वाइन (१७ प्रतिशतभन्दा बढी अल्कोहल भएको) प्रतिलिटरको मूल्य ४३० रहेको थियो भने ८६ रुपैयाँ बढाएर ५१६ रुपैयाँ पु¥याइएको हो ।
 

प्रतिक्रिया दिनुहोस