चार लाख ६० हजार ४२२ प्रतिष्ठान दर्ता नभइ  सञ्चालनमा - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

चार लाख ६० हजार ४२२ प्रतिष्ठान दर्ता नभइ  सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
Sunrise bank
चार लाख ६० हजार ४२२ प्रतिष्ठान दर्ता नभइ  सञ्चालनमा
LBEF
NCH-IPS

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ४२२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३२९ प्रतिष्ठान रहेको विभागले जनाएको छ । 

प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति सङ्ख्या ३२ लाख २८ हजार ४५७ रहेका छन । त्यसमध्ये पुरुष ६२.३ प्रतिशत र महिला ३७.७ प्रतिशत रहेको विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले बताए । आर्थिक तथ्याङ्कको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था आदि जस्ता प्रतिष्ठान ९आर्थिक एकाइ० को विवरण सङ्कलन गर्ने उद्देश्यले विभागले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गतेसम्म गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो । 

विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक गणना तथ्याङ्क सङ्कलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको उनले जानकारी दिए । देशमा आर्थिक तथ्याङ्कको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको हो भने केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनु गणनाको मुख्य उद्देश्य हो । 

 सबैभन्दा बढी चार लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेको विभागले जानकारी दिएको छ । 

त्यस्तै सबैभन्दा बढी जनशक्ति पनि थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठानमा नौ लाख ८८ हजार ३४६ सक्रिय रुपमा संलग्न छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रमा प्रतिष्ठानमा एक हजार ९७७ जनशक्ति संलग्न छन् । प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा दुई लाख ८२ हजार ९२० छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८०७ प्रतिष्ठान छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले गणनाको नतिजा सार्वजनिक गरेका थिए । । 

प्रतिक्रिया दिनुहोस