aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
everest bank

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
Nabil Bank
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने
LBEF

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३०  रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र  संवैधानिक इजलासका लागि तोकिएको मुद्दा  शुक्रबारदेखि सुनुवाइ हुनेछ ।

अन्तरिम आदेश माग गरिएका १९  रिट निवेदनको पेशी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११  निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

 सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना  गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार  रिट निवेदन दर्ता भएका छन् ।

निवर्तमान प्रतिनिधिसभा १४६ सदस्यसहितका  रिट निवेदनले संसद् पुनःस्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको  आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन सोमबार दर्ता गराएका छन ।
 

प्रतिक्रिया दिनुहोस