aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
Nabil Bank
अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते
LBEF

वासिङ्गटन । आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् । पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ । आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस