aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

पाकिस्तानमा विद्युतको महशुल वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
Nabil Bank
पाकिस्तानमा विद्युतको महशुल वृद्धि
LBEF

इस्लामावाद । पाकिस्तानले विद्युत महशुलमा वृद्धि गरेको छ । मुद्रास्फीति, पेट्रोलियम पदार्थ, खाद्यान्नका सामानहरूको मूल्य वृद्धिपछि आर्थिक भार खेपिरहेका पाकिस्तानीहरूलाई सरकारले शुक्रबार त्रैमासिक समायोजनमा विद्युत् शुल्क बढाउने निर्णय गरेपछि थप मारमा परेका हुन् ।

एक निजी टिभी च्यानललाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले रिपोर्ट गरेको छ, “मन्त्रिपरिषद्ले उर्जामन्त्रालयको उक्त निर्णयलाई अनुमोदन गर्दै पत्राचारमार्फत् कार्यान्वयनमा लान अह्वान गरिसकेको छ ।  मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा प्रति इकाई ८२ पैसाको वृद्धिलाई अनुमोदन गरेको थियो । 

आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले समायोजनको हिसाबले प्रति इकाई ९० पैसाको वृद्धिलाई अनुमोदन ग¥यो । विद्युत शुल्कमा गरिएको पछिल्लो वृद्धि २०२१ अक्टोबरदेखि लागू गरिने न्युज इन्टरनेसनलले जनाएको छ ।

यो उल्लेखनीय छ कि मार्च २०२१ को सुरुमा राष्ट्रिय इलेक्ट्रिक उर्जा नियामक प्राधिकरण (नेप्रा) ले विद्युत दरमा प्रति यूनिट ८९ पैसा बढाउने सूचना गरेको थियो । विवरण अनुसार, महशुल दरहरुमा बढाइएको शुल्कका कारण प्राधिकरणलाई ६.९ अर्ब पाकिस्तानी रूपैयाँ बराबरको अतिरिक्त राजस्श्व प्राप्त हुनेछ । केन्द्रीय विद्युत् खरीदगर्ने संस्था (सीसीपीए) मा शक्ति बृद्धि गर्नका लागि प्राधिकरणले फेब्रुअरी २५ मा सार्वजनिक सुनुवाइ गरेको थियो । एएनआई

प्रतिक्रिया दिनुहोस