aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

आखिर लाइनमा आए जो वाइडेन, भने- म किम जोंग-उनलाई भेट्न तयार छु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ जेठ २०७८
Nabil Bank
आखिर लाइनमा आए जो वाइडेन, भने- म किम जोंग-उनलाई भेट्न तयार छु
LBEF

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो वाइडेनले उत्तर कोरियाका शासक किम जोंग-उनलाई भेट्न आफू तयार रहेको बताएका छन्। तर, सो भेटमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा छलफल गर्नु पर्ने उनको सर्त छ।

शनिवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो वाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जा-इनबीच द्विपक्षीय वार्ता पछि वाइडेनले आफूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउन चाहेको बताएका हुन्। यद्यपि उनले के स्वीकारेका छन् भने उत्तर कोरियालाई आणविक कार्यक्रम छोड्न राजी गराउनु गाह्रो काम हुनेछ।

उत्तर कोरियाको आणविक कार्यक्रम र पूर्वी एसियामा चीनको बढ्दो प्रभुत्वले निम्त्याएको खतराको बारेमा दुई नेताबिच छलफल भएको बताइएको छ। छलफल पछि आयोजित संयुक्त प्रेस सम्मेलनमा जो वाइडेनले भने कि उनको उद्देश्य कोरियाली प्रायद्वीपको "पूर्ण रूपमा आणविक  निशस्त्रीकरण" गर्ने छ।

उनले भने, "यदि वार्तालापमा उत्तर कोरिया प्रतिबद्धता छ भने म किम जोंग-उनलाई भेट्न तयार छु। तर, त्यो भेटमा आणविक हतियारहरूबारे छलफल गर्नुपर्दछ।"

उनले आफू पहिले भएको कुनै पनि कुरा गर्ने पक्षमा नरहेको पनि बताए। तर,अन्तर्राष्ट्रिय समुदायले उनीहरूको आणविक कार्यक्रमलाई स्वीकृति नदिने कुरा पनि उनले दोहोर्‍याए। 

केही अघि उनले आफ्नो किम जोंग-उनसँग भेट गर्ने कुनै योजना नरहेको बताएका थिए। जो वाइडेन भन्दा अघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोंग-उनलाई तीन पटक भेटेका थिए।

ट्रम्प र उन बिच पहिलो बैठक जून २०१८ मा सिंगापुरमा भएको थियो। दोस्रो भेट फेब्रुअरी २०१९ मा हनोई भयो भने तेस्रो भेटको लागि ट्रम्प जून २०१९ मा उत्तर कोरिया नै पुगेका थिए। स्मरण रहोस्,  उत्तर कोरियाको भूमिमा कदम चाल्ने उनी पहिलो अमेरिकी राष्ट्रपति थिए।

प्रतिक्रिया दिनुहोस