aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
Citizen life
nabil bank
नागरिक लगानी कोषको नाफा ५६ प्रतिशत बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नागरिक लगानी कोषले रू. ५९ करोड २० लाख ९ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा यस वर्ष ५६ प्रतिशत बृद्धि भएको हो । 

गत वर्षको यस अवधिसम्म कम्पनीले रू. ३७ करोड ९४ लाख यो नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी ४० दशमलव ५६ प्रतिशत बढेकाले पनि नाफामा बृद्धि हुन सहयोग मिलेको देखिन्छ । 

गत वर्ष रू. ७० करोड ८५ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९९ करोड ५९ लाख २१ हजार यो आम्दानी गरेको हो । यस वर्ष कम्पनीको खर्च पनि करिब २ प्रतिशत मात्र बढी भएको छ । 

गत वर्ष रू. २० करोड २६ लाख कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. २० करोड ६५ लाख ७५ हजार गरेको छ । हकप्रद शेयर र बोनस शेयर मार्फत १२३ प्रतिशत चुक्तापूँजी बढाएर रू. ३ अर्ब पु¥याएको कम्पनीको शेयर प्रिमियम रकम रू. १ अर्ब २६ करोड ४८ लाख ७८ हजार छ । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ८३ प्रतिशत बढी रू. १३ अर्ब २६ करोड ४० लाख ३४ हजार कायम भएको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ । गत वर्ष रू. १ खर्ब ४२ अर्ब २५ करोड ८ लाख लगानी गरेको कम्पनीले यस वर्ष रू. १ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख ८७ हजार लगानी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २६ र प्रतिशेयर नेटवर्थ रू. १५६ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस