aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

एसजी ग्रुपले पनि चीनबाट स्वास्थ्य सामग्री ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
Nabil Bank
एसजी ग्रुपले पनि चीनबाट स्वास्थ्य सामग्री ल्याउने
LBEF

काठमाडौं । एसजी ग्रुपले पनि चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएका जनाएका छन । कोरोना महामारीको संक्रमण बढेसँगै हस्पिटलहरुमा अक्सिजन अभाव हुन थालेपछि घिमिरेले अक्सिजन सिलिण्डर, अक्सिजन ब्याग र अक्सिजन मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउन लागेको बताएका हुन् ।

ग्रुप अन्तर्गतका कम्पनीहरु एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत यी सामग्रीहरु नेपाल लायने तयारी भएको अध्यक्ष घिमिरेले जानकारी दिए । ‘पहिलो चरणमा यही सोमबार हवाई मार्गबाट र दोस्रो चरणमा जेठ ७ गतेभित्र स्थलमार्गबाट यी सामग्री नेपाली आइपुग्छन्,’ उनले भने ।

पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर तथा दोस्रो चरणमा अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २ हजार २ सय युनिट, ४० लिटर क्षमताका अक्सिजन सिलिण्डर २२५० युनिट नेपाल आइपुग्ने घिमिरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस