aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

भाईरस तथा किटाणु नासक उपकरण भाईरोशील्ड अब १५५९०

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
Nabil Bank
भाईरस तथा  किटाणु नासक उपकरण भाईरोशील्ड अब १५५९०
LBEF

काठमाडौं । भाईरस तथा अन्य किटाणु नासक उपकरण भाईरोशील्ड अब पन्ध्र हजार पाँच सय नब्बेको उपकरण सार्वजनिक गरेको छ । हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड एकदम उपयुक्त मानिएको कम्पनीको दावी छ ।

२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाईरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीले दावी गरेको छ । भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाईरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन ।

आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ । कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको र हामी मात्र नभई हाम्रा सरसामाग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाईरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ । यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस