विमानस्थलमा कार्यरत मुखियाको अकुत सम्पत्ति ! - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

विमानस्थलमा कार्यरत मुखियाको अकुत सम्पत्ति !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
Sunrise bank
विमानस्थलमा कार्यरत मुखियाको अकुत सम्पत्ति !
LBEF
NCH-IPS

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् । 

निजको सार्वजनिक सेवामा प्रवेशदेखि हालसम्मको आयव्यय विश्लेषण गरी हेर्दा जम्मा  दुई करोड २८ लाख ६४ हजार २०८ रुपैयाँ आर्जन गरेको देखिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । तर सो अवधिमा निजले आफू र परिवारको नाममा आर्जन गरेको सम्पत्ति, छोराछोरीको शिक्षामा गरेको लगानी र मौज्दात तीन करोड ८५ लाख ४३ हजार २३४  रुपैयाँ देखिएको आयोगले जनाएको छ । 

निजको वैध आय बाहेक  एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ  बराबरको स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो एवं अस्वाभाविक देखिएको र कसुर गरेको पुष्टि हुन आएकाले आयोगले झा उपर बिगो रु एक करोड ५६ लाख ७९ हजार २६ कायम गरी निजकी श्रीमती सुचितादेवी झा समेतलाई प्रतिवादी कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस