aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान शेयर बजार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०३ जेठ २०७८
Nabil Bank
व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान शेयर बजार
LBEF

काठमाडौं । देशमा कोरोना कहर चाप बढिरहँदा  सेयर बजारमा भने उछाल आएको  छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान शेयर बजारमा तानिएको छ ।

जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको  पहिलो  कारोबार  दिनमा  नेप्से परिसूचक ५४.२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ ।

यो नयाँ रेकर्ड हो । त्यस्तै,  कारोबार  पनि  १०  अर्ब  ४०  करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ । यो उच्च कारोबार हो । नेप्सेको  अनलाइन  सिस्टममा  सुधार आउँदा, बजारमा प्रशस्त  तरलता  हुँदा  र विदेशमा बस्ने नेपालीले  समेत  सहजै लगानी  गर्नसक्ने  अवस्थाका  कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस