धितोपत्र बोर्डद्धारा १०० सिक्का लोकार्पण - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

धितोपत्र बोर्डद्धारा १०० सिक्का लोकार्पण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
Sunrise bank
धितोपत्र बोर्डद्धारा १०० सिक्का लोकार्पण
LBEF
NCH-IPS

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजत जयन्तीको उपलक्ष्यमा  १०० रुपैयाँ दरको रजत जयन्ती स्मारिका सिक्का लोकार्पण गरेको छ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले आइतबार एक कार्यक्रमका विच सिक्काको लोकार्पण गरेका हुन । 

बोर्डको अनुरोधमा नेपाल सरकारको स्वीकृतिपश्चात नेपाल राष्ट्र बैंक , टक्सार महाशाखाले उक्त सिक्का निष्कासन गरेको हो । उक्त सिक्का २९ मि.मि डायमिटरको ८ दशमलव ५ ग्राम तौल भएको कुप्रो निकेल धातुको रहेको बोर्डले जानकारी दिएको छ ।

 रजत जयन्तीको उपलक्ष्यमा बोर्डले रजत जयन्ती लोगो अंकित हुलाक टिक र रजत जयन्ती स्मारिक सिक्का प्रकाशन गर्ने कार्यक्रम अनुरुप बोर्डले यस अघि हुलाक टिकट प्रकाशन गरिसकेको छ । निकट भविश्यमा  २ हजार ५०० रुपैयाँ को सिक्का समेत निकाल्ने योजना रहेको बोर्डले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस