aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

एमाले मिलाउन  १० सदस्यीय कार्यदल गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
एमाले मिलाउन  १० सदस्यीय कार्यदल गठन
LBEF

काठमाडौँ। सत्तारुढ नेकपा (एमाले) को विवाद मिलाउन कार्यदल गठन भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलले १० सदस्यीय कार्यदल गठन गरेको हो ।

सो कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् भने ओली इतर पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको माधव नेपालले बताए। 

यो कार्यदललाई तीन दिनको समय दिइएको छ। भेटवार्ताबाट निस्किएपछि अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै छलफल ‘सकारात्मक’ भएको बताएका थिए ।

पार्टीलाई सर्वोच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम २०७५ जेठ ३ को अवस्थामा फर्काउनु पर्ने माग नेपाल पक्षको छ। 

प्रतिक्रिया दिनुहोस