aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

थप पाँचलाई संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
थप पाँचलाई संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति
LBEF

काठमाडौँ।  नेपाल धितो पत्र बोर्डले संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न थप पाँच संस्थागत लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ । योसँगै योग्य संस्थागत लगानीकर्ताको सङ्ख्या ८८ पुगेको छ ।

बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने योग्य संस्थागत लगानीकर्ताको संख्या बृद्धि गर्दै लैजाने क्रममा यसरी थप संस्थालाई स्वीकृति दिएको बोर्डले जनाएको छ। बोर्डले थप गरेका पाँच संस्थागत लगानीकर्तामा सिबिआईएल क्यापिटल लि., सिटिजन्स म्युचुअल फण्ड–१, सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट लि. र कुमारी इक्विटी फण्ड रहेका छन्। 

यो वर्ष शुरु भएपछी एक महिनाको अवधिमा यसरी संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न १४ संस्थाले अनुमती पाइसकेका छन्।  यसअघी बैशाख ३ गते ९ वटा संस्थालाई संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति दिइएको थियो। 

प्रतिक्रिया दिनुहोस