aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

शाओमीले ल्यायो ‘पोको एक्स ३ प्रो’ मोबाईल, कति छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
शाओमीले ल्यायो ‘पोको एक्स ३ प्रो’ मोबाईल, कति छ मूल्य ?
LBEF

काठमाडौं । पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ । योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ । जसले उत्कृष्ट पीक प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ । 

शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१०००+ का साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र ३प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ्ग हो ।

अनन्त सम्मका लागि, पिक गेमिङ्ग सेसन र स्थिर अपरेशन अनि फ्रिक्शन रहित प्रयोगकर्ताको अनुभवलाई सुनिश्चित गर्न पोको एफ ३ प्रो मा लिक्विडकुल प्लसको सुविधा रहेको छ– एउटा कुलिङ्ग सलुसन जसमा ठूलो कपर हिट पाइप र ग्राफाइटको मल्टिपल लेएरलाई प्याक गरेर उपकरणको थर्मल क्यापासिटीलाई घटाउने काम गरिन्छ । यो उपकरण टप अफ द लाइन हार्डवेयर जस्तै एलपीडीडीआर४ र युएफएस ३.१ को साथ आउँछ जुन मूल्य खण्डको उद्योगमा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी हो ,जुन युएफएस ३.० भन्दा ३ गुणा छिटो छ र युएफएस २.१ भन्दा १४ गुणा छिटो रहेको छ ।

स्मुथ र सिमलेस स्मार्टफोनको एक्सपेरियन्सलाई मात्र प्रदान नगरी प्रो–ग्रेड सुविधाहरु र प्रविधिको प्रदान गर्दै गेमरको लागि डिजाइन गरिएको पोको एक्स ३ प्रो ले जेड– शकर ह्याप्टिक मोटरको मद्दतले आफ्नो शक्तिशाली ३प्रोफर्मेन्सका क्षमताहरुलाई पूरा गर्छ र प्रतिव्रिmयाहरुलाई कस्टोमाइज्ड भाइब्रेसन्सका साथ परिभाषित गर्दछ ।

पोको एक्स ३ प्रो तीन वटा ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाल्डेन ब्रन्ज  रंगहरुमा उपलब्ध हुनेछ । यो नेपाली ३१ हजार ९९९ (६ जीबी+१२८ जीबी ) र ३६ हजार ९९९ (८ जीबी+२५६ जीबी ) को सुपथ मूल्यमा अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा ०३ जेठ २०७८ देखि उपलब्ध हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस