aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

आइतवार दुई कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
आइतवार दुई कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्यो
LBEF

काठमाडौं । आइतवार कारोबारको आधा घण्टाको अवधिसम्म दुई कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यो अवधिसम्म रूरू जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत र समता घरेलु लघुवित्तको शेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत बढेको छ । 

रूरू जलविद्युतको प्रतिकित्ता रू. ८० ले मूल्य बढेर अन्तिम मूल्य रू. ८८० र समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. १०६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २७२ कायम भएको छ । यस दिन सर्वाधिक खरिद माग भएको कम्पनीमा समता घरेलु लघुवित्त रहेको छ । 

कारोबारको आधा घण्टाको अवधिसम्म समता घरेलु लघुवित्तको ३ लाख ५१ हजार २८९ कित्ता शेयर खरिद माग रहेको छ । विक्री कर्ता भने देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस