aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

एनएमबि बैंकको २० लाख कित्ता ऋणपत्र आजेदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
एनएमबि बैंकको २० लाख कित्ता ऋणपत्र आजेदेखि विक्रीमा
LBEF

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आजदेखि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । कार्यालय समयपछि बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको “एनएमबि ऋणपत्र ८.५–२०८७÷८८” नामको ऋणपत्र विक्री गर्न लागेको हो । 

प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्य ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउँन लागेको हो । सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।

यस ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । 

यसले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । 

बैंकले यो ऋणपत्र विक्रीका लागि बैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो । सोही दिन बैंकले ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको एनएमबि उर्जा ऋणपत्र विक्रीका लागि समेत बोर्डको स्वीकृति पाएको थियो । उक्त ऋणपत्र निष्कासनको मिति भने हालसम्म तय भएको छैन् । 
 

प्रतिक्रिया दिनुहोस