aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

कोरोना संक्रमित पत्रकार कार्कीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
कोरोना संक्रमित पत्रकार कार्कीको निधन
LBEF

काठमाडौँ। नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण  निधन भएको छ। 
 
३४ वर्षीय कार्कीको वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । कोरोना बिरुद्ध १४ दिनदेखिको उपचार कार्कीको हकमा सफल भएन। शनिबार साँझ ८:०० बजे उपचारको क्रममा उनको निधन भएको हो ।

झापाको गौरादह नगरपालिका वडा न. ४ निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुन् । कार्की पछिल्लो समय जनताटाइम्स अनलाइनमा सम्पादकको र सौर्य दैनिकमा सहसम्पादक को जिम्मेवारीमा थिए । 

कोरोनाकै कारण हालसम्म १३ जना पत्रकारको निधन भएको छ भने ७ सय ५०भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस