aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
Nabil Bank
मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त
LBEF

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

 यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस