aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

अक्सिजन उद्योगको शुल्क छुट गर्न ऊर्जामन्त्रीको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ जेठ २०७८
Nabil Bank
अक्सिजन उद्योगको  शुल्क छुट गर्न ऊर्जामन्त्रीको प्रस्ताव
LBEF

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न  मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन । विसं २०७८ वैशाखदेखि लागू हुने गरी  आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युत्को डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको हो । 

कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए । उनले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने बताए ।

 कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत् डिमाण्ड शुल्क छुट गरिने उनले जानकारी दिए । छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत् प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचारसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस