aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

मर्चेण्ट बैंकरका कार्यालयबाट हुने सम्पूर्ण काम बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ जेठ २०७८
Nabil Bank
मर्चेण्ट बैंकरका कार्यालयबाट हुने सम्पूर्ण काम बन्द
LBEF

काठमाडौं   ।  विश्वव्यापी महामारीको दोस्रो लहरको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण संक्रमितहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको सर्वबिदितै छ । यस असहज परिस्थितिमा नेपाल धितोपत्र बोर्डबाट मिति २०७८÷०१÷३० गतेको पत्र बमोजिम सम्पूर्ण मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरिएको जनाएको छ ।  

नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि धयचप ाचयm जयmभ  मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहक वर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले अनुरोध गरेको छ । 

शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्नुहुन तथा  शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ  । अनलाइन कारोवारका क्रममा मेरो शेयर वा इडिआईयस सम्बन्धी केहि समस्या आई परेमा कम्पनीको फोन नंवर तथा वेभ साईटमा उल्लेख गरिएको इमेल र मोबाइल नंवरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्नुहुन समेत अनुरोध गरेको छ  ।
 

प्रतिक्रिया दिनुहोस