aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
Nabil Bank
नवनियुक्त प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार
LBEF

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्नुभएको छ भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ । 

विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री हुनुहुन्छ । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रतिक्रिया दिनुहोस