aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

मेरो माइक्रोफाइनानसको ६१ हजारभन्दा बढी संस्थापक शेयर आजदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
Nabil Bank
मेरो माइक्रोफाइनानसको ६१ हजारभन्दा बढी संस्थापक शेयर आजदेखि लिलामीमा
LBEF

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २७८ कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२६ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । 

यो शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले कम्पनीले शुक्रवारपछि घोषणा गर्ने हकप्रद शेयर र लाभांशका लागि योग्य हुने पनि कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस