aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

तेस्रो त्रैमाससम्म युनिलिभर नेपालकोे खुद नाफा ३२ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
Citizen life
nabil bank
तेस्रो त्रैमाससम्म युनिलिभर नेपालकोे खुद नाफा ३२ करोडभन्दा बढी
Global IME
LBEF
yamaha_MAW

 काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३२ करोड १६ लाख खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ७ करोड ६३ लाख खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने नाफा गर्न सफल भएको हो । 

यस वर्ष रू. १ अर्ब ७४ करोड ३४ लाख कुल आम्दानी गरेको कम्पनीले रू. १ अर्ब ३२ करोड ७८ लाख कुल खर्च गरेको छ । बस्तु विक्रीबाट यस वर्ष कम्पनीले रू. १ अर्ब ७३ करोड ५३ लाख र अन्य श्रोतबाट रू. ८१ लाख आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

रू. ९ करोड २१ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २२ प्रतिशत बढी रू. २ अर्ब ३६ करोड २२ लाख कायम भएको छ । कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा २० प्रतिशत बढी रू. ४ अर्ब ३८ करोड ४८ लाख र कुल दायित्व गत वर्षभन्दा १९ प्रतिशत बढी रू. १ अर्ब ९३ करोड ५ लाख छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २ हजार ६६६ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस