aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
nmb
Esewa_Remit

नेशनल लाइफको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
Nabil Bank
नेशनल लाइफको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढ्यो
LBEF

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा  कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो आर्जन गत वर्षको यहि अवधिको तुलनामा २.२ प्रतिशतले बढि हो । कम्पनीले गत वर्षको यहि अवधिमा ३१ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 यस अबधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ५० प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढाएर ८ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको छ । विभिन्न क्षेत्रमा लगानी गरेर कम्पनीले १९ प्रतिशतले आम्दानी बढाएको छ । यस्तो आम्दानी २ अर्ब १३ करोड रुपैयाँ छ । गत वर्षको यहि अवधिमा एक अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यहि अवधिमा जारी भएको पोलिसी संख्यामा पनि उल्लेख्य सुधार भएको देखिन्छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ९ लाख १७ हजार ९५० वटा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको अभिकर्ता कमिसन ६५ प्रतिशतले बढेको छ । अभिकर्ता कमिसन बापत ९७ करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।

नाफामा सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि २७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ४० अर्ब २१ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै शेयरधनीको जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी १० प्रतिशतले बढेर तीन अर्ब ३९ करोड रुपैयाँ भएको छ । पूँजीमा सुधार भए अनुसार नाफामा सुधार नहुँदा कम्पनीको प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर १२ रुपैयाँ छ । नेटवर्थ भने १३२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस