एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भोलिसम्म मात्रै भर्न पाइने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भोलिसम्म मात्रै भर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
Sunrise bank
एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भोलिसम्म मात्रै भर्न पाइने
LBEF
NCH-IPS

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा तीन सय प्रतिशत हकप्रदमा आवेदन दिने अवधि सोमबार (असार १६) अन्तिम दिन रहेको छ । कम्पनीले १ शेयर बराबर ३ (१ः३) को अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । 

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि वैशाख ९ गते बुक क्लोज गरेको थियो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । २७ करोड ३९ लाख ८२ हजार चुक्तापुँजी रहेको कम्पनीको हकप्रद पश्चात १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ  । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ  ।

प्रतिक्रिया दिनुहोस